
-भरत प्रधान
लिस्बन, ११ असार । युरोपेली मुलुक पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ ।
चितवन जुटपानीका ५३ बर्षीय नेत्र बहादुर घलेको उपचारका क्रममा शनिबार राति मृत्यु भएको उनका साथी चिज कुमार तामाङलले जानकारी दिए ।
घलेको खुट्टामा समस्या देखिएपछि तीन साता अगाडी अस्पाल भर्ना भएका थिए । मिर्गौला पीडित समेत रहेका घलेको यहाँस्थित साओ जोसे अस्पताल लिस्बनमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतीय सेनाबाट सेवानिबृत्त भएका घले ४ बर्ष अगाडी बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका थिए । मृतक घलेको श्रीमती, एक छोरा र दुई छोरी नेपालमा रहेका छन् ।
उनको शव साओ जोसे अस्पताल लिस्बनको शव गृहमा राखिएको छ । मृतक घलेको शव नेपाल पठाउनका लागि आवश्यक प्रकृया शुरु गरिएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।
शव पठाउने खर्च व्यवस्थापनका लागि यहाँ रहेका नेपाली संघ संस्थाहरुको समन्वयमा आर्थिक सहयोग संकलन अभियान समेत शुरु गरिएको अध्यक्ष कार्कीले बताए ।















प्रतिक्रिया