३० आश्विन २०८३, शुक्रबार

सिक्किमका मुख्यमन्त्री गोलेसँगै उनका मन्त्री र सल्लाहकार कानूनी घेरामा परे

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गान्तोक। सिक्किममा राजनीतिक आतङ्कवाद शुरु भएको छ भन्दै विपक्षमा रहेको एसडीएफ पार्टीले सत्तालाई कानूनी रुपमा घेर्न थालिसकेको छ ।

सत्तासीन मुख्यमन्त्री पीएस गोलेविरुद्ध सर्वोच्च न्यायालयमा याचिका दर्ता गरिएको सनसनि खेजपछि बुधबार एसडीएफ पार्टीले सत्तासीन मन्त्री सञ्जित खरेल अनि मुख्यमन्त्रीका आन्तरिक सल्लाहकार विकास बस्नेतलाई पनि कानूनी घेरावमा हाल्ने प्रकृया शुरु गरिसकेको छ ।

केही दिनअघि सिक्किम यातायात विभागका मन्त्री सञ्जित खरेलले ‘हामीले चाह्यो भने पवन चामलिङलाई टप्काउँछौं, शेष बनाउँछौं’ भन्ने बयानको खण्डन गरेको छ । यस विषयमा पार्टी अध्यक्ष चामलिङको सुरक्षालाई ध्यानमा राख्दै मन्त्री खरेल विरुद्ध प्राथमिकि दर्ता गर्ने भएको छ ।

इन्दिरा बाइपासस्थित एसडीएफ पार्टीको मुख्यालयमा बुधबार आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै एसडीएफ पार्टीका प्रवक्ताहरूले उक्त बयान दिएका हुन् ।

मन्त्री सञ्जित खरेलको भीडीयो सार्वजनिक गर्दै प्रवक्ता एमके सुब्बाले शान्ति अनि सुरक्षाको मिशाल सिक्किममा राजनीतिक आतङ्क फैलाउने काम गरेको गम्भीर आरोप लगाउँदै भने, ‘सिक्किमको प्रजातन्त्र बुडो भएको छैन । निर्दोष सिक्क्किमे जनता तनावपूर्ण जीवन व्यतित गर्दैछन् यस्तो राज्यमा बड्दो हिंसा र अत्याचार बीच मन्त्री जस्तो गरिमामय पदमा बसेर खरेलले राजनीतिक आतङ्कवादलाई टेवा पुर्‍याउने काम गरेका छन् । टप्काउँछु, शेष गर्छौं यस्ता भाषाहरूको सिक्किममा प्रयोग गर्ने एसकेएम पार्टी मात्र हो ।’

प्रवक्ता सुब्बाले मन्त्री खरेल विरुद्ध एसडीएफ पार्टीले भारतीय दण्ड संहिता ५०६ अन्तर्गत क्रिमिनल इण्टिमेस टू मर्डर प्राथमिकि दर्ता गर्ने जानकारी दिएका छन् ।

यसरी नै मन्त्रीको सम्भाषणले सिक्किमको शान्ति भङ्ग गर्ने उद्देश्य, पूर्व मुख्यमन्त्री पवन चामलिङमाथि अप्रीय हमला गर्ने षड्यन्त्र भइसकेको दावी गरेको छ भन्दै मन्त्री खरेलमाथि विभिन्न आरोपहरूलाई लिएर पार्टीले कानुनी प्रकृया अघि बढाउने पनि बताएका छन् । जनताले चाहेको यस्तो सरकार होइन भन्दै उनले सिक्किमको शान्ति र सुरक्षामाथि पनि चिन्ता व्यक्त गरेका छन् ।

यसरी नै मुख्यमन्त्री गोलेका आन्तरिक सल्लाहकार विकास बस्नेतले केही दिन अघि दक्षिण जिल्लामा आयोजित एसकेएम पार्टीको कार्यक्रममा वर्तमान सिक्किम विधानसभा अध्यक्ष एलबी दासमाथि जातीय नीचता देखाएर औंल्याउने काम गरेको प्रवक्ता जेबी दर्नालले बताएका छन् ।

एसकेएम पार्टीले राज्यका अनुसूचित जातिलाई गालि नगरि कुनै कार्यक्रम समाप्त गरेको छैन भन्दै उनले विधानसभा अध्यक्ष एलबी दासलाई आफूहरूले अनुसूचित जातिबाट विधानसभा अध्यक्ष बनाएका छौं भन्दै भाषण गर्नु अनुसूचित जातिलाई नीच देखाउनु हो भनेका छन् ।

अध्यक्ष एलबी दास एसकेएम पार्टीको आशीर्वादले विधानसभा अध्यक्ष बनेका होइनन् तर उनको कार्य र उनको ल्यागतले बनेका हुन् भन्दै उनको जातिमाथि औंल्याउने एसकेएम पार्टीको अधिकार छैन पनि भनेका छन् ।

उनले अनुसूचित जातिको नाममा सधैं गाली दिने गरेको आरोपमा मुख्यमन्त्री गोलेका आन्तरिक सल्लाहकार बस्नेतमाथि एक्ट्रोसिटी एक्ट अन्तर्गात मामिला दर्ता गर्ने जानकारी दिएका छन् भने उनले यस्ता जातीय भेदभाव गर्ने सल्लाहकारलाई उनको पदबाट हटाइहाल्नुपर्ने मुख्यमन्त्री गोलेमाझ माग पनि राखेका छन् ।