बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

अछाममा ट्याक्टर दुर्घटना, तीन जना विद्यार्थीको मृत्य

दैनिक नेपाल २०७६ असार ११ गते ८:५७

अछाम, ११ असार । अछाम जिल्लामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्य भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

चौरपाटी गाउँपालिका २ मुलीमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नम्बर २ का रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेका अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद गम्भीर घाइते छन् । मृतक र घाइते सबै स्थानीय दशपल्ले मावि सोकटमा अध्यनरत छात्र छात्रा रहेको प्रहरीको भनाई छ ।

घाइते विद्यार्थीलाई उपचारका लागि चौरपाटी स्थित स्वास्थ्य संस्थामा लगिएको छ । वडा नम्बर ३ डुग्रीबाट बालुवा लिन वडा नम्वर २ तर्फ आउँदै गरेको ट्याक्टरको अगाडिको भाग पल्टिँदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित