बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सल्यानकाे कुपिण्डे तालमा तीन दिनदेखि गाेकुल बुढा बेपत्ता

दैनिक नेपाल २०७६ असार ११ गते ८:४९

सल्यान, ११ असार । सल्यान जिल्लाकाे कुपिण्डे तालमा डुबेर बेपत्ता भएका एक जना तीन दिनसम्म पनि भेटिएका छैनन् ।

गएको सोेमबार बेलुकी वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा पौडी खेल्ने क्रममा तालमा डुबेका थिए । उनीसँगै पौडी खेलेका अरु तीन जना साथीहरु सकुशल रहेको भए पनि उनी भने तालमा डुबेको स्थानीयले बताएका छन् ।

तीन दिनदेखि खोजी कार्य चलिरहेको भए पनि अझैसम्म उनी भेटिएका छैनन् । बुधबार पनि स्थानीय र प्रहरीको टोलीले खोज्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । बुधबार पनि नभेटिए गोताखोरका लागि पहल गरिने उनले बताए ।

झण्डै ३३ मिटर गहिरो सल्यानको कुपिण्डे तालमा पछिल्लो पटक झण्डै २ दर्जन डुङ्गा सञ्चालन भए पनि भौगालिक रुपमा ताल अप्ठ्यारो भएकोले पौडीको लागि जोखिमपूर्ण मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित