बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

युवतीको काइदा : विवाह गर्ने बहानामा लाखाैँ रुपैयाँ झ्वाम, नक्कली फेसबुकको शिकार बने हरिबहादुर

दैनिक नेपाल २०७६ असार १० गते १९:१०

काठमाडाैँ, १० असार । फेसबुकबाट परिचय गरी विवाह गर्ने बहानामा ठगी गर्ने युवती पक्राउ परेकी छन् ।

दाेलखा शैलुङ गाउँपालिका-८ बस्ने २४ वर्षका हरिबहादुर कार्कीलाई शैलुङ गाउँपालिका-५ घर भई हाल भक्तपुर बस्ने संगिता भन्ने कल्पना बस्नेत भुजेलले ४ लाख ५५ हजार ठगी गरेको आराेपमा प्रहरीको अपराध अनुसन्धान महाशाखाको टाेलीले पक्राउ गरेहो हाे ।

संगिताले आफूले चिनेको व्यक्तिको फाेटो राखेर फेसबुक आईडी बनाई उनले तपाईँलाई धेरै माया गर्छिन् कार्कीसँग त्यो आईडीबाट आफै कुरा गरि रकम ठगेकी थिइन् ।

उनले पटक पटक फरक फरक नम्बरबाट कार्कीलाई फाेन समेत गर्ने गरेकी थिइन् । त्यसपछि उनले तपाईँलाई माया गर्ने केटी दुर्घटनामा परि उपचार भइरहेको छ भनि पटक पटक गरि ४ लाख ५५ हजार रुपैयाँ आईएमई गर्न लगाएकी थिइन् ।

कार्कीले आफूले त्याे केटीलाई भेट्न चाहेकाे बताएपछि भुजेलले उपचारकाे क्रममा भारतमा मृत्यु भएको भनि झुठा विवरण पेश गरेकी थिइन् ।

पीडित कार्कीले महाशाखामा उजुरी दिएपछि प्रहरीले भुजेलको खाेजी गरेको थियो । यसक्रममा आइतबार काठमाडाैँमा-१२ टेकुमा भुजेललाई फेला पारी उनको साथबाट सिमकार्डसहितको मोबाईल दुईसहित पक्राउ गरेको हो  ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडाैँ पठाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया
सम्बन्धित