बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

विप्लव समूहको समर्थनमा निरन्तर रेखा थापा, फेरि यसो भनिन्

दैनिक नेपाल २०७६ असार १० गते १०:३४

काठमाडौं, १० असार । हिंसात्मक गतिविधिको विरोध गरे पनि अभिनेत्री रेखा थापाले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहविरुद्ध राज्यका कामबारे टिप्पणी गर्न छाडेकी छैनन् ।

विप्लव समूहका नेता कार्यकर्ता पक्राउको विरोधमा निरन्तर बोलीरहेकी थापाले केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउको खुलेर विरोध गरेकी छन् । सोमबार साँझ एउटा कार्यक्रममा सहभागी भएका बेला कार्कीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

त्यसको विरोधमा थापाले फेसबुकमा आक्रोश पोखेकी छन् । उनले लेखेकी छन्,‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्रा्ष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर, भर्खरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’

कार्कीलाई बालुवाटारबाट नियन्त्रणमा लिइएको थियो । थापाले ‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ भनेर सोधेकी छन् ।

सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक हुन् । कार्की गएको बर्ष मात्रै विप्लव समूहमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित