७ कार्तिक २०८३, शनिबार

शिक्षिकाको कुटाइबाट १० वर्षे बालक घाइते

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १० असार । गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्।

सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ। उनको ढाड, हातमा जताततै निलडाम छ। उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन्।

किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए। ‘पाँचौ पिरियड विज्ञान मिसको थियो। मिसले खै किताब भनेर सोध्नुभयो। मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ। देखाउन सकिनँ। अनि ढाँट्छस् भनेर कुट्न थाल्नुभयो।’

आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन्।