बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम, विभिन्न घटनामा संलग्न प्रहरीद्धारा पक्राउ

दैनिक नेपाल २०७६ असार ९ गते १९:५१


काठमाडौं, ९ असार । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यमा समुदाय प्रहरी-साझेदारी अन्तर्गत जनचेतनामुलर्क याली तथा सडक नाटक एवं सांस्कृतिक कार्यक्रम काठमाडौंको बसन्तपुर डबलीमा सोमबार सम्पन्न भएको छ ।

लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर, महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र महांकालको संयुक्त आयोजनामा लागूऔषध दुरुपयोग तथा कारोबार विरुद्दको अन्तर्रा्ष्ट्रिय दिवस जुन २६, २०१९ को अवसरमा संचालित सप्ताहव्यापी कार्यक्रम अनुसार उक्त जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक दिनेश अमात्य र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले “संगत” नामक पुस्तक संयुक्त रुपमा विमोचन गर्नुभयो । किशोरकिशोरीहरु लागूपदार्थ दुर्व्यसनीमा पर्ने कारण र सोबाट बच्ने उपाय तथा पुनर्स्र्थापना सम्बन्धमा लामो समयको खोज तथा अनुसन्धान पश्चात देवेन्द्र न्यौपानेद्वारा उक्त पुस्तक तयार गरिएको सो अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अमात्यले सडक नाटक प्रस्तुतीमा सहभागी विद्यार्थीहरु लगायत सहयोगीहरुलाई कदरपत्र प्रदान गर्दै जनचेतनामुलक कार्यक्रम सार्थक र सान्दर्भिक रहेको बताउनुभयो । लागूऔषधको प्रयोगले व्यक्ति तथा समाजमा परेको असर बारेमा विद्यार्थीहरुले प्रस्तुत गरेको सडक नाटकको उहाँले सराहना गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र जनसेवाका उपाध्यक्ष पवित्र बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा ग्रिनफिल्ड माध्यामिक विद्यालय र युवा सहभागिता माध्यामिक विद्यालयका विद्यार्थीहरुद्वारा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन तथा नेपाल प्रहरीका कलाकारहरुद्वारा लागूऔषध नियन्त्रण सम्बन्धी नृत्य प्रस्तुत गरिएको थियो ।

“समृद्ध राष्ट्र निर्माणको लागि लागूऔषध रहित स्वास्थ्य जीवन” भन्ने नारा सहित आयोजित कार्यक्रममा समुदाय(प्रहरी वडा समितिका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, समाजसेवीहरु, विभिन्न विद्यालयका प्रतिनिधिहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न पक्राउ
पर्सामा नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न वीरगंज महानगरपालिका-१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) १ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुक सहित पक्राउ
पाँचथरको फिदिम नगरपालिका-७ रानिटारस्थित जंगलबाट सोही स्थान बस्ने ५० वर्षीय काली प्रसाद तामाङलाई भरुवा बन्दुक-१ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरीले उक्त जंगलमा उनलाई शिकार खेल्न बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङको बुढीगंगा गाउँपलिका-१ स्थित कोशी राजमार्गमा ना.४ ख १९०५ नम्बर ट्याङकरले को.३६ प ३०५९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय संजिव पौडेलको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित