बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

योगी अभिव्यक्तिविरुद्ध यसरी खनिए विद्यार्थी नेता

दैनिक नेपाल २०७६ असार ९ गते १७:३३

काठमाडौं, ९ असार । हालै नेपाली पत्रकार मण्डलको एउटा टोलीसँग भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिएको अभिव्यक्तिको विद्यार्थी नेताले विरोध गरेका छन् ।

नेपाल हिन्दू राज्य हुनुपर्छ भनी आदित्यनाथले दिएको अभिव्यक्तिले नेपालका सार्वभौमिकतामाथि प्रहार गरेको भन्दै तत्कालिन अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुँडाल भन्छन्,‘नेपालको संविधानले किटान गरेको व्यवस्थामाथि टिप्पणी गर्ने मुख्यमन्त्रीले यहाँको सार्वभौमिकतामाथि ठाडो प्रहार गरेका हुन् ।’

उनले चेतावनी दिने शैलीमा भनेका छन्,‘एकजना जोगीले नेपालको राष्ट्रिय अखण्डतालाई चुनौति दिदै बोलेछन्, खबरदार जोगी आदित्यनाथ तिमीहरू अंग्रेजको गुलाम भयौ होला तर तिमिलाई नेपालको बारेमा बोल्ने अधिकार छैन, तिम्रो यो हर्कत बन्द गर नत्र तिम्रो देश भारत पनि इस्लामिक राष्ट्र हुनुपर्छ ।’

हिन्दु राष्ट्रवादका कारण भारतीय जनता पार्टीमा रहेका आदित्यनाथले उत्तर प्रदेशमा निरन्तर चुनाव जित्दै आइरहेका छन् । नेपालका हिन्दुवादीसँग उनको परस्पर राम्रो सम्बन्ध रहँदै आएको छ । यस क्रममा अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले पनि उक्त अभिव्यक्तिको विरोध गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्,‘सके भारतलाई हिन्दु राज्य बनाउनू ।’

प्रतिक्रिया
सम्बन्धित