बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

‘भर्जिन’ नेपाली युवती खोज्दै काठमाडौं आइपुगे भारतीय व्यापारी, डुब्यो २३ लाख

दैनिक नेपाल २०७६ असार ९ गते ८:५८

काठमाडौं, ९ असार । प्रहरीले एक जना नेपाली युवतीलाई भारतीय नागरिकलाई ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

भारतका निर्माण व्यवसायी श्रीपाल जैनको पैसा ठगी गरेर लिएको अभियोगमा २१ वर्षीया नेपाली युवतीलाइ प्रहरीले पक्राउ गरेको हो ।

केही महिना अगाडि फेसबुकमार्फत चिनजान भएका भारतीय नागरिक जैनले नेपाली युवती डायना सेकेण्डसँग चिनजान भएका थिए । सोही चिनजानका आधारमा जैनले डायनासँग यौनसम्पर्कका लागि दवाव दिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

सप्तरी जिल्लाकाे औरही नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौंको नरेफाँटमा डेरामा बस्दै आएकी डायनाले जैनको कमजोरी पत्ता लगाएर २३ लाख रुपियाँ लिएर गायब भएकाे जनाइएकाे छ ।

डायनलाईलाई भारतीय नागरिक जैनले बेलाबेला जबरजस्ती यौनसम्पर्क राख्न खोजेको ती युवतीले प्रहरी समक्षा बयान दिएकी छिन् । डायनाले भारतीय नागरिकको सेक्स प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।

डायना बेलाबेला भिजिट भिषामा संयुक्त अरब इमरेट्स (यूएई) मा जाने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

ती भारतीय नागरिकले युएईमा रहेकी डायनालाई बम्बईस्थित आफ्नो घरसम्म पु-याएको पनि खुलेको छ । नेपाली भर्जिन युवती खाेज्दै गरेका जैनले डायना सेकेण्डलाइ धेरै मन पराएका थिए ।

पत्नी र छोराछोरी रहेका जैनले आफ्नी छोरी जस्ती डायनालाई विवाहको प्रस्ताव गरेको खुलासा पनि भएको छ ।

डायनाको हाउभाउ र अंग्रेजीमा राम्रो दख्खल रहेको छ ।

केही समय अगाडि करीव एक साताको भारत बसाइपछि डायना नेपाल फर्किएपछि ‘बुबाले विदेशबाट सुन पठाउनु भएको छ । भन्सारका लागि ४० लाख बुझाउनु पर्ने भयो’ भनेर जैनसँग रकम माग गरेकी थिइन् ।

भारतीय नागरिक जैनले शुक्रबार डायनालाई ४० लाख नदिएर जम्मा २३ लाख रुपियाँ दिएका थिए ।

रकम लिएपछि डायना र जैनसँगै भारत फर्किने योजना बनाएका थिए । रकमको लेनदेन भइसकेपछि १२ः४० मा दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर एरियामा प्रवेश गरे ।

डायनाले भीआईपी पास देखाउँदै आफू अर्को बाटोबाट छिर्ने बताएर नरेफाँटस्थित डेरामा पुगेकी थिइन ।

जैन साधारण प्रवेशद्धारतिर लागेका थिए । लगेज दिएर विमान उड्ने समय २ बज्नै लाग्दासम्म डायना विमानमा आइनन् । त्यसपछि आफू फसेको थाहा पाएका जैनले पनि चलाखी अपनाउँदै मोबाइल स्वीच अफ गरेर महानगरीय प्रहरी वृत्त, गौशालामा गएर समस्याबारे बताए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार जैनसँग विमानस्थलबाट छुट्टिएको ५ मिनेटमै डायना ट्याक्सी चढेर कोठा पुगेकी थिइन् ।

संयोगवश उनले प्रि–पेड ट्याक्सी सेवामार्फत विमानस्थलबाट बाहिर निस्किएका कारण तत्काल पक्राउ परेकी हुन् ।

ट्याक्सी र विमानस्थलमा कार्यरत एक कर्मचारीको सहयोगमा डायनाको कोठासम्म प्रहरी पुग्न सफल भएको थियो ।

डायनाले नरेफाँटमा तीन वटा कोठा भाडामा लिएर भाई र बहिनीसँगै बसेकी थिइन् ।

उनको कोठाबाट प्रहरीले २० लाख ८० हजार रुपियाँ बरामद गरेको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।

जैनले दिएको मध्ये २ लाख २० हजार रुपियाँ डायनाले महोत्तरीमा रहेका परिवारलाई पठाएकी थिइन् ।

डायनाले यूएईमै श्रदामसँग चिनजान भएको बयान दिएकी छन् । प्रहरीले उनी डायनाको प्रेमी भएको आशंका गरेको छ । जैनलाई ठगेको भन्ने डायनाले स्वीकार गरेकी छन् ।

डायनाका बुबा लाइसेन्स प्राप्त वकिल भएको खुलेको छ । छोरीले पठाएको पैसा पनि उनका बुबाले फिर्ता गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित