७ कार्तिक २०८३, शनिबार

२४ करोड ५३ लाख रुपैयाँ खरिद गरिएका सरकारी मेसिन काम नलाग्ने

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । निर्वाचन आयोगले महँगोमा खरिद गरेका डिजिटल प्रिन्टिङ मेसिन टहरोमा थन्किएका छन् ।

एउटा रंगिन र दुईवटा श्यामश्वेत मेसिन आयोगले बिनाप्रतिस्पर्धा खरिद गरेको हो। ती मेसिन २४ करोड ५३ लाख रुपैयाँमा खरिद गरिएका हुन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिनै लाग्दा आयोगले खरिद गरेको मेसिन प्रयोगमा ल्याउन सकेको छैन। महालेखा परीक्षकले निर्वाचन सामग्री छपाइसम्बन्धी अधिकांश काम सम्पन्न भइसकेपछि ती मेसिन प्रतिस्पर्धाबिनै खरिद गरेको उल्लेख गरेको छ।

मेसिनका पार्टस् टोनर खरिद र जडान गर्ने कार्यमा विलम्ब गरी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्रबाट भएको महालेखाको प्रतिवेदनमा छ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावली संकलन, परिचयपत्र, मतपत्र छपाइ, फर्निचर तथा कम्प्युटर खरिदमा ४४ करोड ९१ लाख ८० हजार खर्च भएको थियो।

नयाँ मेसिनबाट निर्वाचन सामग्री छपाइ नभएपछि यसको औचित्य तथा खरिदमाथि प्रश्न उठेको छ। कमिसनको लोभमा आयोग पदाधिकारीले महँगो मेसिन खरिद गरेको आरोप लागेको छ।