चीन । चीनका एक शिक्षकको शरीरको अवशेष उनले काम गर्ने विद्यालयको परिसरमा गाडिएको अवस्थामा भेटिएको छ ।
१६ वर्षअघि बेपत्ता भएका एक शिक्षकको भग्नावशेष उनले काम गर्ने विद्यालयकै परिसरमा गाडिएको अवस्थामा भेदिएको स्थानीय अधिकारीले बताएका छन् ।
देङ शिपिङ्ग नाम गरेका ती शिक्षकले खेलकुद सम्बन्धी नयाँ सुविधाहरु स्वीकृत गरेका थिएनन् । उनले ती सुविधाहरुको संरचना कमजोर रहेको बताएका थिए ।
विद्यालयको खेलकुद संरचना निर्माणमा संलग्न एक व्यक्तिले शिक्षकको हत्या गरेर गाडेको स्वीकार गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा अरु ६ जना पनि पक्राउ परेका छन् । शिक्षक देङ सन् २००३ को जनवरीमा बेपत्ता भएका थिए । विद्यालयको परिसरबाट बिहीबार शिक्षकको शरीरको भग्नावशेष निकालिएको हो ।













प्रतिक्रिया