३० आश्विन २०८३, शुक्रबार

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रास्कोट अस्पताललाई प्रदान गरिएको बताए ।

सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दीवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो ।

रास्कोट सामुदायिक अस्पताललाई नमूना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ । अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ।

अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताए ।