बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

गुठी विधेयक फिर्ता लिँदैमा आन्दोलन रोकिदैन, खारेज नै गर्नुपर्छ : सम्पदा अभियन्ता पवित्र बज्राचार्य

दैनिक नेपाल २०७६ असार ३ गते १७:५५


काठमाडौं, ३ असार । सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने,‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’ हजारौं वर्ष देखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको बताए  ।नेपालको इतिहासमा गैर राजनीतिक मुद्यामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धि विधेयक जनविरोधी भएकाले जनता उठेको बताए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको बताए । सरकारले जनताको चित्त दुखाएको बताए । भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ : सांसद महेश बस्नेत
नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भने । उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’ गुठीको जग्गा जोगाउन सरकार आक्रामक रुपमा प्रस्तुत भएको भन्दै गुठीको जग्गा हडपेर बनाइएको छायाँ सेन्टर समेत कब्जामा लिनुपर्ने बताए । उनले भने,‘छायाँ सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ ।’

काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्नेमा जोड दिए । सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्नेमा जोड दिए । गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको बताए । उनले भने,‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित