बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

प्रधानमन्त्रीको पत्रकार सम्मेलन : दुनियाँका सदनमा पनि प्रधानमन्त्री नै अगाडि बोल्छन्

दैनिक नेपाल २०७६ असार ३ गते १७:५०

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिनिधि सभामा आफू बोल्न लाग्दा गरेको अवरोध बाल हठ जस्तो भएको बताए ।

दुनियाँभरका सदनमा रहेको प्रचलनमा प्रधानमन्त्री पहिला, त्यसपछि प्रतिपक्षी दलको नेता बोल्ने प्रचलनविरुद्ध कांग्रेसले रोष्टम घेर्न पुग्नु आश्चर्यलाग्दो घटना भएको बताए । उनले भने,‘मेरा मित्र शेरबहादुर देउवा जी नै त्यसको अगुवाई र नेतृत्वमा हुनुहुन्थ्यो, उहाँलाई संसदीय मर्यादा र लोकतान्त्रिक पद्दतीका विषयमा मैले भनिरहनु नपर्ने हो ।’

आधा घन्टा भन्दा लामो समयसम्म आफ्ना कुुरा राखेका प्रधानमन्त्री ओलीले अहिले उग्र दक्षिणपन्थीदेखि उग्र वामपन्थीसम्मको मोर्चाबन्दी संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध तयार भइरहेको बताए ।

००७ सालदेखि हालसम्म पनि लोकतन्त्रका लागि निक्कै संघर्ष गर्नुपरेको बताएका उनले बारम्बार लोकतन्त्रविरोधी शक्तिले अनेक प्रकरणमा विभिन्न समुदायलाई उचाल्ने काम गरेको पनि बताए ।

भूमीसुधार मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएको चर्चा गरेका उनले त्यसविषयमा लामो बोलेनन् । उनले सामाजिक सञ्जालदेखि मिडियासम्ममा भाषाको मर्यादा नभएको टिप्पणी गरे । केही विद्वानका भाषा पनि आफूले सुनेको बताउँदै उनले मर्यादा कायम राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित