सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

कर्णालीमा खसेको जीपसँगै एक दर्जन यात्रु पनि वेपत्ता भएको अनुमान

दैनिक नेपाल २०७६ असार ३ गते १६:२८

काठमाडौं, ३ असार । हुम्लाको खार्पुनाथ–५ कैलेबालु सडकबाट मंगलबार कर्णालीमा एउटा जीप खसेर वेपत्ता भएको छ ।

जीपमा दर्जन यात्रु रहेको अनुमान गरिएको छ । याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप खसेको प्रहरीले जनाएको छ ।

जीपमा यति नै यात्रु थिए भन्नेचाहिँ यकिन थिएन । सर्वसाधारणले भने एक दर्जन बढी सवार रहेको बताएका छन् ।

उद्धारका तथा खोजीका हेलिकोप्टरबाट घटनास्थल पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित