सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

‘प्रधानमन्त्रीले पहिला बोलेपछि मैलेचाहिँ के बोल्ने ?’

दैनिक नेपाल २०७६ असार ३ गते १३:५८

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा प्रतिपक्षीले पहिला बोलेपछि प्रधानमन्त्रीले जवाफ दिने परम्परा रहेको बताए ।

मंगलबार कांग्रेसले देउवाले पहिला बोल्न पाउनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बोल्न लाग्दा रोष्टम नै घेरेपछि संसद बैठक अवरोध भएको थियो ।

त्यसपछि प्रतिक्रिया दिँदै देउवाले भने,‘प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो । प्रधानमन्त्री पहिला बोलेपछि मैलेचाहिँ के बोल्ने ?’

प्रतिक्रिया
सम्बन्धित