सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

कांग्रेसले रोक्यो सदनमा प्रधानमन्त्री बोल्ने कार्यसूची, संवादमा सभामुख महरा

दैनिक नेपाल २०७६ असार ३ गते १२:१४

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचीमा अवरोध गरेको छ ।

प्रधानमन्त्री ओली अघि प्रतिपक्षीको संसदीय दलका नेताले बोल्न पाउनुपर्ने माग अघि सारेपछि सदन पुगेका प्रधानमन्त्रीले सम्बोधन गर्न पाएका छैनन् ।

कांग्रेसले सभामुख कृष्णबहादुर महरासँग आफ्ना नेता शेरबहादुर देउवाले पहिला बोलेपछि मात्र प्रधानमन्त्रीको सम्बोधन हुन दिने अन्यथा सदन अवरोध गर्ने चेतावनी दिएपछि बैठक प्रभावित भएको छ ।

प्रधानमन्त्री ओलीले गुठी विधेयकलगायतका विषयमा बोल्ने तयारी थियो ।

यता, सभामुख महराले भने प्रधानमन्त्रीको सम्बोधन गराउनका लागि प्रतिपक्षी दलका सचेतकसँग छलफल जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित