बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

समता अस्पतालमा झुन्डिएको अवस्थामा फेला परिन् युवती, आफन्तले गरे तोडफोड

दैनिक नेपाल २०७६ असार ३ गते ११:३३

काठमाडौं, ३ असार । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा सफाई मजदुरका रूपमा कार्यरत २७ वर्षीया बिमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

मृतकका आफन्तले हत्याको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका छन् । अस्पतालमा उनीहरूले नाराबाजी पनि गरिरहेका छन् ।

रामेछाप दोरम्बा घर भएकी तामाङ केही महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन् ।

अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको छ। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित