सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

दिपायलमा घर झगडा हुँदा पतिले पत्नी हत्या गरे

दैनिक नेपाल २०७६ असार ३ गते १०:५९

दिपायल, ३ असार । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका– ३ दिपायलमा कैँची प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले दिए अनुसार दिपायल सिलगढी नगरपालिका– ३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्ण नेपालीले उनकी श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका हुन् ।

हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित