सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा आगजनी

दैनिक नेपाल २०७६ असार ३ गते १०:३३

सल्यान, ३ असार । सल्यान जिल्लामा अज्ञात समूहले छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा सोमबार राति आगजनी गरेको छ ।

आगजनीबाट छत्रेश्वरी गाउँपालिका –३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् ।

अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पूर्ण सामना जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउन बाँकी रहेको लुहाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित