७ कार्तिक २०८३, शनिबार

१८ अर्ब ३२ करोड राजस्व छली

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्ष राजस्व छली गर्ने ३ सय ३८ करदाताबिरुद्ध मुद्दा दायर गरेको छ। राजस्व छलीको अनुसन्धानका आधारमा कर छली गरेको १८ अर्ब ३२ रुपैयाँ माग दाबीसहित विभागले कर दाताबिरुद् सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

कर छलीका ८१ वटा कसुरमा अनुसन्धान गरी अभियुक्तलाई मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। विभागले भन्सार छलेर ल्याइएको ६६.४ किलो सुनसमेत बराबद छ। राजस्व छलीको अनुसन्धान प्रभावकारीरूपमा सञ्चालन गर्दा चालु आर्थिक वर्षको ११ महिनामा राजस्व चुहावट नियन्त्रण भएको छ।

महानिर्देशक मैनालीका अनुसार ६ सय कम्पनीले ७ अर्ब बराबरको नक्कली बिलबिजक प्रयोग गरेका छन्। त्यसबाट ४ अर्ब राजस्व छली भएको अनुमान छ। नक्कली बिल प्रयोग गर्ने ७ सयवटा कम्पनीमध्ये ५६ वटामाथि अनुसन्धान सुरु भएको छ।

राजस्व छली तथा आर्थिक अपराधमा व्यवसायीको संलग्नता बढेको भन्दै विभागले अनुसन्धानमा कडाइ गरेको छ। ‘गलत काम गर्ने करदातालाई कारबाही गरी राजस्व संकलनमा प्राथमिकता दिएका छौं’, उनले भने।

विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा संलग्न १ सय ४ जना पक्राउ परेका छन्। ती व्यक्ति विभिन्न ६४ वटा अपचलनका काममा संलग्न भएको विभागले पुष्टि गरेको छ। विभागले पक्राउ परेका व्यक्तिसँग ५ अर्ब ११ करोड बिगो दाबी गरेको छ। उनीहरूलाई ३ वर्ष कैदसहित बिगोको तेब्बरसम्म जरिवाना गर्न माग गरिएको छ।

अनुसन्धानका क्रममा ग्लाल्वो घलेले आयात प्रज्ञापनपत्र तथा भन्सार तिरेको रसिद निस्सा दाखिला गर्न नसकेपछि ३ करोड ५५ लाख बराबरको सुनको नियमानुसार लाग्ने र बुझाउनुपर्ने राजस्व चुहावट गरेको विभागले जनाएको छ।

सोही बराबरको विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि भएकाले घलेलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार रसुवा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।