बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी बङ्गलादेशतर्फ

दैनिक नेपाल २०७६ असार २ गते १६:५३


काठमाडौँ, २ असार । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ ।

यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ ।

यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो । घरेलु मैदानमा पराजित भएको लिग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसर समेत हुनेछ ।

समूह ‘ई’ मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो । दुई अङ्क जोडेको नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । यता अबहानी भने चार खेलबाट सात अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

समान सात अङ्क नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तैँ मिर्नेर्भा पन्जाव चार अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित