शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

काँग्रेस महामन्त्रीको आरोप : सरकार केन्द्रिकृत शासनमा जाँदैछ

दैनिक नेपाल २०७६ असार २ गते १५:४३

काठमाडौँ, २ असार । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै कोइरालो सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।

प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने, ‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।

ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप पनि लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताए ।

कोइरालाले वैदिक राष्ट्रगानबाट आरम्भ गरिए पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरे ।

काँग्रेसको आउँदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । नेपाली राजनितिको ठूलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताए ।

नेपाल सांस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए । अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए ।

कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए । धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित