सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

कतारमा पत्रकारिता साक्षत्कार सचेतना मुलक कार्यक्रम सपन्न

दैनिक नेपाल २०७६ असार २ गते ७:५०

उद्धव मगर

दोहा । नेपाल पत्रकार महासंघल कतार शाखाले पत्रकारिता तथा लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

दोहा कतारमा आयोजित कार्यक्रममा नवोदित साहित्य डवली र विविध साँस्कृतिक कार्यक्रम कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंग कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षतामा भएको थियो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलको प्रमुख अतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहाकार गणेश बन्जाडे, पूर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार क्रान्ति सिंह, नेपालबाट आएका गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल, सचिव दिल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष त पत्रकारिता सम्बन्धी प्रशिक्षण दिइएको थियो । पत्रकार महासंघका उपाध्यक्ष पोखरेलले पत्रकारितासम्बन्धी दुई घण्टा लामो प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित