बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

‘रेल्वे इञ्जिनीयरिङ’ अध्यापनको तयारी

दैनिक नेपाल २०७६ असार १ गते २०:०३


काठमाडौँ, १ असार । देशको आवश्यकताअनुसार विषय थप गर्ने क्रममा पुल्चोक इञ्जिनीयरिङ क्याम्पसले स्नातकोत्तर तहमा ‘रेल्वे इञ्जिनीयरिङ’ विषयको अध्यापन गर्ने भएको छ ।

यो सङ्काय थप्नका लागि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परीषद् र नेपाल इञ्जिनीयरिङ परिषद्को अनुमोदन बाँकी रहेको क्यामम्पस प्रशासनले जनाएको छ । क्याम्पसले स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ सङ्काय थप्नका लागि पनि तयारी शुरु भएको सहायक क्याम्पसप्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । दुवै निकायले अनुमोदन गर्न ढिलाइ गरिरहेको उहाँको भनाइ छ ।

अनुमोदन ढिला हुँदा त्यसले निजी क्याम्पसलाई फाइदा पुग्ने र अभिभावक तथा विद्यार्थीलाई घाटा हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन शुल्कमा यहाँ विद्यार्थीले पढ्न पाउँछन् निजीमा त्योभन्दा महङ्गो भए पनि विद्यार्थी बाध्य हुन्छन् ।” क्याम्पसमा अहिले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, कम्प्युटर, मेकानिकल, एरोसपेस (अन्तरिक्षयान प्रविधि) र एप्लाइड साइन्स सङ्काय गरेर छ वटा सङ्काय रहेका छन् । क्याम्पसमा स्नातक तहमा ५२८ र स्नात्तकोत्तर तहमा ४०० विद्यार्थीको सिट सङ्ख्या रहेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित