१८ कार्तिक २०८३, बुधबार

सशस्त्र प्रहरीको टोलीद्वारा चोरीपैठारीको सामान बरामद

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ असार । पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजत जयन्ती ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीको टोलीले करीब ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसैगरी बाँके जिल्लाको कोहलपुर नगरपालिका १२ चपरगौढीस्थित डुढुवा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव जेठ ३२ गते सशस्त्रको टोलीले निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका २ बस्ने २८ वर्षीय मुक्तिप्रसाद आचार्य सो खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ५४ गुल्म हेक्वा कोहलपुर र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शम्शेरगंज बाँकेबाट खटिएको एपीएफ टोलीले निज आचार्यको शव निकालेको हो ।

निज आचार्यको शव एपीएफ टोलीले स्थानिय प्रहरीमा बुझाएको छ ।