बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना

दैनिक नेपाल २०७६ असार १ गते १३:४३

काठमाडाैँ, १ असार । आज साँझ देशको मध्य भूभागमा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको जनाएको छ ।

अहिले देशभरको तापक्रम साझपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने र साँझ पख मध्य भूभागमा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ :

असार १ गते (आइतबार)

दिउँसो: देशको पुर्वी तथा पश्चिमि भू-भागमा सामान्य बदलीरहि मध्य भू-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भू-भागका केहि स्थानहरुमा र मध्य भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भू-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार २ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार ३ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित