बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

प्रधानमन्त्री स्वेदश फर्किदा विमानस्थलमा जे देखियो (फोटोफिचर)

दैनिक नेपाल २०७६ असार १ गते १२:५२

काठमाडाैँ, १ असार । साताव्यापी युरोप भ्रमण पूरा गरेर   प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । स्विटजरल्यान्ड, बेलायत, फ्रान्सलगायतका मुलुकको भ्रमण सकी प्रधानमन्त्री ओली फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पाेखरेल, सभामुख कृष्णबहादुर महारा, राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै कतै अन्याय परेको भए गुठी विधेयक सच्याइने बताए भने लाेक सेवाको विज्ञापनका विषयमा केहि पनि बोलेनन् ।

यसैबीच, स्वदेश फिर्ताका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाउन खोज्ने नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

हेर्नुहाेस् थप तस्वीरहरु :

तस्वीर सबै : रासस

प्रतिक्रिया
सम्बन्धित