बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

युट्युबर सोनिकाले जुराइदिएको गुन्डा नाइके–पूर्वयुवराज हस्तमिलानको मौका

दैनिक नेपाल २०७६ असार १ गते १२:१९

काठमाडौं, १ असार । आफूलाई मिडियाकर्मी भन्ने तर ‘भल्गर युट्युव संवाद’बाट बिख्याती कमाएकी मोडल सोनिका रोकायाले दरबारमार्गमा खोलेको एउटा रेस्टुरेन्टका अनेक दृश्य सतहमा आउन थालेका छन् ।

अति नै भल्गर रूपमा प्रस्तुत हुने रोकाया त्यस दिन भने सारीमा सजिएर आएकी थिइन्, कारण थियो पूर्वयुवराज पारस शाह आउने निश्चितता । पारसले निम्तो पनि माने । केही बेर बसे पनि । तर, त्यो बसाईका क्रममा विभिन्न विवादीत व्यक्तिले पारससँग हस्तमिलान गरे, तस्बिर खिचे । त्यसैको शिलशीलामा पुगेका थिए– काभ्रेली गुन्डा समूहका ‘स्याल’ उपनामले चिनिने, संजिब लामा ।

प्रहरीले उनलाई ‘टार्गेट’ समूहमा नै राखेको छ । यसै पनि सक्रिय कार्यकालमा विभिन्न गुन्डा समूहसँगको सम्बन्ध र सम्पर्कका कारण पूर्वयुवाराज पारस बदनाम भएकै थिए । यसैकारण पनि उनलाई, निर्मलनिवासमा लामो समयसम्म प्रवेश निषेध छ, पूर्वराजा ज्ञानेन्द्रका सामु । अहिलेसम्म पनि त्यो छूट उनले पाएका छैनन् । भलै, पूर्वरानी कोमलका अघि उनी पुगिरहेका छन् । पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाहसँग पनि लामो समयसम्म उनको सम्बन्ध राम्रो रहेन, अहिले बौरिन थालेको बताइन्छ ।

तर पछिल्लो पटक सार्वजनिक भएका तस्बिरलेचाहिँ पारस अझै पनि गुन्डा समूहका लागि ‘सेलिब्रिटी’ जस्तै रहेको प्रस्ट्याउँछ । कतिपय राजावादी संघ संगठनले भने पूर्वयुवराज पारसलाई नियोजित ढंगबाट बदनाम गराउनका लागि उक्त कार्यक्रम गरी तस्बिरहरू सार्वजनिक गरिएको बताइएको छ । हिन्दूवादी संस्था शिव सेना नेपालका एक नेता भन्छन्,‘प्रायोजित ढंगले राजसंस्थाका पूर्व अधिकारीको बद्नाम गराउने कुचेष्टा थियो, त्यो ।’

प्रतिक्रिया
सम्बन्धित