१८ कार्तिक २०८३, बुधबार

डडेल्धुरामा ट्क्याटर दुर्घटना हुँदा एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १ असार । डडेल्धुरा जिल्लामा ट्क्याटर दुर्घटना हुँदा डडेल्धुरामा एक जना शिक्षकको मृत्यु भएको छ ।

आलिताल गाउँपालिकाको कुर्जेनिया भन्ने ठाँउमा शनिबार राति ट्याक्टर दुर्घटना समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी गाउँ जाँदै गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटना हुँदा कलौनिको ज्यान गएको आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बीरबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा यही ठाउँका पदम राना सामान्य घाइते हुनुभएको छ । ट्याक्टटर चालक धनजीत धामी भने फरार रहेको र उनको खोजी भैरहेको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिए ।