बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अध्यक्षमा युनेस

दैनिक नेपाल २०७६ जेठ ३२ गते ७:३२

डिल्ली अम्माई

ट्युनिसिया । विश्व कांग्रेसका लागि ट्युनिसमा आयोजित विश्व महासभाले २५४ आईएफजेका अन्तराष्ट्रिय प्रतिनिधिहरु मार्फत आगामी कार्यकालको लागि युनेस एम जहेदलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आइयफजेका नब निर्वाचित अध्यक्ष युनेस मोरक्कोमा ‘अल ईतिहाद अल ल्च्तिराकी’मा नेतृत्वदायी भूमिकामा रहेका पत्रकार हुन् । उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघमा सन् १९९८ बाट सल्लाहकार हुँदै नेतृत्वदायी भूमिकामा रहेका थिए ।

सन् २००७को मास्कोमा सम्पन्न अन्तराष्ट्रिय सभाले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो। त्यसपछि २०१३मा डब्लिन र २०१६मा सम्पन्न फ्रान्सको एञ्जर्स महासभामा समेत उनि बरिष्ठ उपाध्यक्ष पदमा चुनिएका हुन् ।

त्यसको अलावा युनेसले मोरक्कोको नेशनल युनियनमा महासचिब हुँदै हाल उनि मोरक्कोको नेशनल प्रेस काउन्शिलको निर्वाचित अध्यक्षको भूमिकामा छन् ।

अन्तराष्ट्रिय पत्रकार महासंघका निबर्तमान अध्यक्ष फिलिप लेरुथको २०१६ देखि २०१९ सम्मको कार्यकाललाई धन्यबाद दिदै हिजोबाट नब निर्वाचित अध्यक्ष युनेसले आफ्नो पदको कार्यभार सम्हालेका छन् ।

आफ्नो कार्यभार सम्हाल्नेक्रममा दिएको मन्तव्यमा उनले,”महासंघलाई अन्तराष्ट्रिय गौरबसंग अझ गहनतापुर्वक जोड्दै सहयोगको बिबिधता जसलाई ६ वर्ष अगाडी घोषणा गरिएको थियो पुरा गर्ने छु। हाम्रो संस्थाको प्रजातान्त्रिक पद्धति चुस्त बनाउदै आबद्ध क्षेत्रीय संगठनहरुको स्वायत्तताको लागी अझ बढी काम गर्ने” प्रतिबद्धता जाहेर गरे ।

अन्तराष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिहरुले पेरुभियन पत्रकार जुलियाना लैनेज़लाई बरिष्ठ उपाध्यक्ष,भारतीय पत्रकार सबिना इन्द्रजित र रसियन पत्रकार टिमुर शाफिरलाई उपाध्यक्षमा निर्वाचित गरेभने सम्मानित कोषाध्यक्षमा बेलायतका बरिष्ठ पत्रकार जिम बोउमेल्हलाई निर्वाचित गरे ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) पत्रकारहरूको हितकोलागि बनेको संसारमा सबैभन्दा ठूलो विश्वव्यापी महासंजाल हो । संसार भरिका पत्रकारहरूको अधिकार र प्रेश स्वतन्त्रतालाई सुरक्षित र बलियो बनाउनको लागि सन् १९२६ मा पेरिसमा यसको निर्माण भएको हो ।

यो विश्व भरिका पत्रकारहरुको एकता तथा सुरक्षा , सामाजिक न्याय, श्रम अधिकार, वैश्वीकरण, लोकतान्त्रिक अधिकार , मानव अधिकार, गरिबी निवारण र भ्रष्टाचारको बिरुद्धका महा अभियानहरुमा प्रेसको माध्यामबाट समर्पित छ ।

आईएफजे १ सय २० भन्दा देखि अधिक देशहरुमा लगभग ६० लाख भन्दा बढी सदस्यहरुलाई प्रतिनिधित्व गर्दछ।यसको मुख्य कार्यालय बेल्जियम, ब्रसेल्समा स्थित छ। यसको आधिकारिक भाषाहरू अंग्रेजी, फ्रान्सेली र स्पेनिस हुन् ।

प्रतिक्रिया
सम्बन्धित