बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

दैनिक नेपाल २०७६ जेठ ३१ गते २१:०८

काठमाडौं, ३१ जेठ । काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ ।

बिरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच शुक्रबार झडप भएको छ । यो अस्पताल बेलाबेला विवादमा पर्दै आएको छ ।

शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।

अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा बिरामीका केही आफन्त घाइते भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको थियो । अप्रेसनमा चिकित्सकको चरम लापरबाहीको कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित