युएई । साउदी अरबको अदालतले एक जना नेपालीलाई स्थानीय कानून अनुसार मृत्युदण्डको फैसाला गरेको छ ।
मोरङ जिल्लाको दयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएका उनलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ वर्षदेखि जेलमा रहेका थिए ।
दाहालको जीवनरक्षाका लागि रिहादस्थित नेपाली दूतावासले निजी कानूनअनुसार पीडित पक्षलाई ब्लडमनी रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।















प्रतिक्रिया