मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

दैनिक नेपाल २०७६ जेठ ३० गते १७:३९

सांकेतिक तस्वीर

काठमाडाैँ, ३० जेठ । मकवानपुरमा सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका-८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकीको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुबैजना डोजरका सहयोगी रहेका बुझिएको छ । डोजरका चालक भने भागेर जोगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रतिक्रिया
सम्बन्धित