बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पित्तथैलीको अप्रेसन गरेकी बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाब

दैनिक नेपाल २०७६ जेठ ३० गते १४:५२

काठमाडाैँ, ३० जेठ । काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा अप्रेसनका लागि ल्याइएका एक बिरामीको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको छ ।

पित्तथैलीको पत्थरीको अप्रेसन गर्न आएकी सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको आन्द्रा काटिएर मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो ।

पित्तथैलीको पत्थरीको अप्रेसन गर्न बिहीबार अस्पताल गएका उनीहरू शुक्रबार भर्ना भएर अप्रेसन भएको थियो ।

मृतकका आफन्तले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेका कारण सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएको जनाएका छन् । अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको काे साेही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरीरमा समस्या आएर बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।

लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उपचारमा लापरबाही नगरिएको तर अरू संक्रमणका कारण बिरामीको मृत्यु भएको निर्देशक डा केपी देवकोटाले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित