बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

मोटरसाइकल दुर्घटनामा बझाङका एक वडा सदस्यको मृत्यु

दैनिक नेपाल २०७६ जेठ ३० गते १४:१९

काठमाडाैँ,  ३० जेठ । बझाङको जयपृथ्वी नगरपालिका-७ न. वडाका एक वडा सदस्यको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

से १ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ७ न. वडा सदस्य नरबहादुर महर (नरेश) को बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान घरनजिकैको सुवेडा छयाला शाखा सडक खण्डमा मोटरसाइकल चलाउँदा मोटरसाइकल अनियन्त्रित भई ५० मिटर तल खस्दा वडा सदस्य महरको टाउकोमा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका वडा सदस्य महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको मृतकका आफन्तहरूले जनाएका छन् ।

मृत्तक महरको शव उनको जन्मघर छयालामा लगिएको छ भोलि बिहान मात्र उनको दाहसंस्कार गरिने आफन्तजनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित