मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

सडक संघर्षमा उत्रने राजपाको चेतावनी

दैनिक नेपाल २०७६ जेठ ३० गते १४:०६

काठमाडौँ, ३० जेठ । राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संविधान संसोधनको माग गर्नेहरु अहिले सरकारमा पनि र प्रतिपक्षमा पनि रहेको भन्दै उनले विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी दिए ।

‘हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद बाहिर जाँदाको समयको याद होला तपाईलाई ? यही ठाउबाट हामी गएका हौ बाटोमा । फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला भन्ने म चिन्ता जाहेर गर्न चाहन्छु’, उनले भने, ‘ सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

काठमाडौको माईतीघर मण्डलामा दिनहुँ आन्दोलन र जुलुस भईरहेको भन्दै उनले संविधानको कार्यान्वनयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकार र संबैधानिक निकायले संसदको मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप लगाए ।

संसदको गरिमा कायम नहुने र सांसदको आवाजको सुनुवाई नहुने हो भने संसदमा उभिएर बोल्नुको अर्थ नरहेको भन्दै उनले संसद र संसदिय समितिका निर्देशन पालना गरेर संसदको मर्यादा र गरिमा कायम राख्न आग्रह गरे ।

उनले लाल आयोगको प्रतिवेदन अबिलम्बन प्रकाशनका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
सम्बन्धित