सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

सिरहा कल्याणपुर ११ का वडाध्यक्षले नाक बाङगिने गरी स्थानीयलाई कुटे

दैनिक नेपाल २०७६ जेठ ३० गते ९:४४

वडाध्यक्षको कुटाइबाट घाइते भएका किसुनदेव यादब

महेश सिंह महतो

सिरहा, ३० जेठ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडाध्यक्षको कुटाइटबाट स्थानीयहरू घाइते भएका छन् ।

आफ्ना निकटका केही व्यक्तिहरू लिएर दलबलसहित आएका वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादवले स्थानीयलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट कल्याणपुर नगरपालिका वडा नम्बर १० का वर्ष ६५ वर्षीय किसुनदेव यादब, उनका २१ वर्षीय छोरा संजयकुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

नालाको विषय लिएर कल्याणपुर नगरपालिका वडा नम्बर १० मा पैनचैतीको लागि बैठक बसेका बेला वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादबले कुटपिट गरेका हुन् ।

वडाध्यक्ष यादबले आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूलाई बद्नाम गराउन विपक्षीहरूले गलत कुरा फैलाइरहेको बताए ।

१० नम्बर वडाका वडाध्यक्ष धनवीर मण्डल धानुकले घटनाका बारेमा आफूलाई कुनै पनि जानकारी नरहेको बताएका छन् ।

वडाध्यक्ष यादबको कुटाइबाट घाइते किसुनदेव यादबको नाकमा चोट लागेको छ । उनका छोरा संजय यादबलाई हातमा चोट लागेको छ ।

घाइते उनीहरूको मिर्चैया अस्पतामा उपचार भएको छ । घटनाका बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित