बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

मकवानपुरमा कारकाे ठक्करबाट नेपाली सेनाका लेस नायकको मृत्यु

दैनिक नेपाल २०७६ जेठ ३० गते ७:४९

हेटाैँडा, ३० जेठ । मकवानपुर जिल्लाकाे भीमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।

काठमाडाैंबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको मृत्यु भएकाे हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडाैं लगिएको थियो । उनको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

ठक्कर दिने कार तथा कार चालक भक्तपुर सूर्यविनायक बस्ने ३४ वर्षीया सुजिता श्रेष्ठलाई पैहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित