७ कार्तिक २०८३, शनिबार

खर्च जुटाउन विद्यालयमै गिटी कुट्छन् विद्यार्थी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकाेट, ३० जेठ । सरकारले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन् । विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन् ।

‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु ।’