बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

दुई वर्षभित्र काठमाडौंमा हाजी हाउस निर्माण गर्छुः अध्यक्ष अन्सारी

दैनिक नेपाल २०७६ जेठ ३० गते ६:२२

बाँके, ३० जेठ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायबाट सहयोग प्राप्त भएमा दुई वर्षभित्र काठमाडौंमा हज यात्रीका लागि आफ्नै घरको व्यवस्था हुने बताएका छन् ।

मुस्लिम आयोगले बाँकेमा बुधबार आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा अध्यक्ष अन्सारीले हज गर्न जाने मुस्लिम समुदायका हज यात्रीलाई बास व्यवस्थापनको लागि आफ्नै घर निर्माण गर्ने तयारीमा रहेको बताए ।

अन्सारीले प्रदेश ५ का हरेक जिल्लामा मुसाफिर खाना स्थापनाको माग सहित नेपाल सरकार समक्ष पत्राचार भइसकेको बताए । उनले शिक्षामा जोड दिएका छन् ।

प्रदेशदेखि जिल्ला र गाउँसम्म मदरसालाई व्यवस्थित गर्न आयोगले छलफल अगाडि बढाएको उनले बताए ।

उनले मुस्लिम आयोग कुनै पार्टी र व्यक्ति बिशेषको नभई हरेक मुस्लिम समुदायको सदस्यले आफ्नो अधिकार जमाउन सक्ने रहेको बताए ।

मुस्लिम समुदायको हक अधिकार प्राप्तिका लागि मुस्लिम समुदाय एक भएर लागनु पर्ने अध्यक्ष अन्सारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित