सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

ट्रेकिङमा लेक लागेर हराएका श्रेष्ठलाई रामेछाप प्रहरीद्वारा उद्धार

दैनिक नेपाल २०७६ जेठ २९ गते २२:४५

मन्थली, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रामेछापले ट्रेकिङका क्रममा हराएका काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय मनीष युगल श्रेष्ठलाई जीवित उद्धार गरेको छ ।

रामेछाप प्रहरीका प्रमुख डिएसपी सन्तोषकुमार भट्टराईका अनुसार श्रेष्ठलाई जेठ २९ गते बुधबार गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को तेर्से भन्ने स्थानबाट उद्धार गरिएको हो ।

जेठ २५ गते बिहान ८ बजे श्रेष्ठ लेक लागेर आफ्नै साथीहरूसँग छुटेर हराएका थिए । हराएका श्रेष्ठलाई प्रहरीले उद्धारका लागि खोजी गर्दै जाँदा भेटेर उद्धार गरेको हो । उनी गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको नुम्वुर ट्रेकिङ सर्किटबाट हराएका थिए ।

श्रेष्ठ फेला परेको स्थानसम्म पुग्न मन्थलीबाट चार घण्टा गाडी र मोटरबाटोबाट झरेर एक दिन पैदल यात्रापछि गर्नुपर्छ ।

प्रतिकुल मौसमका कारण श्रेष्ठलाई बुधबार हेलिकप्टरबाट सदरमुकाम मन्थलीसम्म ल्याउन नसकिएको डिएसपी भट्टराईले जानकारी दिए । रामेछाप प्रहरीले श्रेष्ठलाई उद्धार गरी सुरक्षित स्थानमा भने राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित