सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

सुर्खेतमा पनि टिपर आतंक, ‘ब्याक’ गरेर किच्दा पत्रकारको मृत्यु

दैनिक नेपाल २०७६ जेठ २९ गते १६:१८

काठमाडौँ, २९ जेठ । टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका पत्रकार नन्दबहादुर गेलाङ्ग सवार माेटरसाइकललाई टिपरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुनसक्ने प्रहरीको भनाइ छ ।

टिपर चालक भने फरार रहेको भन्दै खोज्ने काम भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव रहेका पत्रकार गेलाङ्ग  सुर्खेत पहिचान दैनिकका सम्पादकसमेत हुन् । उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए।

प्रतिक्रिया
सम्बन्धित