सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

सबै कुरा थाहै छ, पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ? : प्रचण्ड

दैनिक नेपाल २०७६ जेठ २९ गते १२:०८

भरतपुर, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोपालो नेतृत्वका विषयमा धेरै बोल्न नलाउन आग्रह गरेका छन् ।

पार्टी कामका लागि बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले सहमतिका सबै कुरा सबैलाई थाहा भइसकेको भन्दै भन्दै आफ्नो मुखबाट बोल्न नलाउन आग्रह गरे ।

उनले सरकारको नेतृत्व आलोपालो नै हुने बताए । ‘सबै कुरा थाहा पाउनुभएकै छ । सहमतिअनुरूप हुन्छ’, प्रचण्डले भने, ‘पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ?’

उनले पार्टीको जिल्ला इन्चार्ज, सहइन्चार्जलगायत कतिपय कार्यविभाजन अब प्याकेजमा टुंगो लगाइने पनि बताए । प्रधानमन्त्री युरोप भ्रमणबाट फर्किएपछि सबै कुरा टुंग्याउने अध्यक्ष प्रचण्डले बताए ।

प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे पनि प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताए । उनले समितिको निर्देशनलाई अध्ययन गरेर सकारात्मक निष्कर्षमा पुग्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको समेत बताए । विधेयकका जति गृहकार्य हुनुपर्ने हो त्यो नभएको प्रचण्डले स्वीकार गरे ।

गुठी विधेयकका सन्दर्भमा भने आन्दोलनरत पक्षसँग वार्ता छलफल गरी परिमार्जन गरिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित