सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

अदालतमा हारेपछि ‘रेड ब्लु’विरुद्ध ‘रेड बुल’को दुश्प्रचार प्रयोग (प्रमाणसहित)

दैनिक नेपाल २०७६ जेठ २९ गते १२:२३

काठमाडौं, २९ जेठ । रोजगारी उत्पादनको लक्ष्य राखी युवाहरूको एउटा समूहले नेपाल छिराएको इनर्जी ड्रिङ्क ‘रेड ब्लु’विरुद्ध पीपी खेतानको कम्पनीद्वारा भित्राइएको टिसी फर्मास्युटिकल उद्योग कम्पनीकोे ‘रेड बुल’ले दुश्प्रचार थालेको छ ।

उद्योग विभाग, उच्च अदालत पाटनमा मुद्दा हारेपछि व्यावसायीक घराना रहेको खेतानको कम्पनीले ‘रेड ब्लु’मा प्रतिबन्ध लागेको भन्ने गलत सूचना फैलाएको हो ।

जबकि, युवाहरूको रिलायबल नेपाल एक्स्पोर्ट इम्पोर्ट प्रालिले भित्राउँदै आएको रेड ब्लुलाई उद्योग विभागको चलानी नम्बर २०४ नम्बरको पत्र मार्फत २७ जेठमा जारी गर्दै रेड ब्लुको लोगोसँग मात्र सम्बन्धित रहेको उल्लेख गरेको छ । रिलायबल नेपाल एक्स्पोर्ट इम्पोर्टका सञ्चालक अशोक साह भन्छन्,‘लोगो उस्तै भयो भन्ने थियो, हामीले फरक लोगो भएको इनर्जी ड्रिङ्क भित्राउन थालेका छौं ।’

यसअघि उक्त कम्पनीले उद्योग विभागमा रेड ब्लुविरुद्ध उजुरी दिएको थियो । जसमा निक्कै भिन्नता रहेको उद्योग विभागले पनि ठहर गरी प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनअनुसार रेड ब्लु विक्रिका लागि कुनै रोक लगाइएको छैन ।

उद्योग विभागको पत्र र नेपाल भित्राउन थालिएको रेड ब्लु, जुन रेड बुलको लोगो भन्दा निक्कै फरक छ । चित्रमा जुधेको गोरु उस्तै भयो भनी उजुरी गरिएको थियो । तर, रेड ब्लुमा जुध्न खोजेको बाघको चित्र छ ।

त्यसो त व्यापारिक प्रभावका आधारमा रिलायबल कम्पनीमाथि खेतानको कम्पनीले विभिन्न सरकारी निकायमार्फत पहिला पनि अंकुश लगाएर बजारमा एकाधिकार जमाउने प्रयत्न नगरेको होइन । कतिपय कानुनी झमेला पनि दिएको थियो ।

‘उद्योग विभाग तथा भन्सार कार्यालयलाई पनि प्रभावमा पारी हाम्रो काममा सकस गराइएको थियो । तर, हामी न्यायका लागि अदालत पुग्यौं, जहाँबाट हाम्रो सामान नरोक्नका लागि उच्च अदालतले अन्तरिम आदेश नै दिएको थियो’, रिलायबलका सञ्चालकले भने ।

उच्च अदालत पाटन ललितपुरले दिएको अन्तरिम आदेश

अदालतमा मुद्दा हारेपछि रेड बुलले रेड ब्लुलाई नेपाली बजारमा छिर्न नदिनका लागि उद्योग विभागमा लामो समयसम्म झुलाउन बाध्य पारेको थियो । त्यतिमात्र होइन, विभागलाई नै प्रभावमा पारी भन्सारसम्म आएका सामान लामो समयसम्म रोकिएको थियो ।

तर, उच्च अदालत पाटनले रिलायबलले हालेको मुद्दाको पक्षमा १६ वैशाखमा फैसला सुनाएको थियो । त्यसपछि रिलायबलका लागि रेड ब्लु बजारमा विक्रि वितरण गर्न कुनै कानुनी अड्चन लगाउन नसकेपछि रेड बुलले प्रायोजित रूपमा दुश्प्रचारको हतियार समातेको हो ।

प्रतिक्रिया
सम्बन्धित