शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

कैदीद्वारा विष सेवन गरी आत्महत्या, कसरी पुग्यो जेलभित्र विष ?

दैनिक नेपाल २०७६ जेठ २९ गते ८:२९

नेपालगञ्ज, २९ जेठ । बाँके जिल्लास्थित कारागारमा कैद सजाय भोगिरहेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुगेको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको प्रहरीको दाबी छ ।

गएको वर्ष वैशाख ५ गते लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको चार वर्षको कैद सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको छ ।

१० दिन अघि मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराएका तिवारीलाई सोमबार नियमित जाँच गराउन लगिएको थियो ।

तिवारीकै पत्नीले अस्पतालको शौचालयमा पहिला आफूले विष सेवन गरेको र त्यही बाँकी रहेको विष त्यसपछि शौचालय गएका तिवारीले सेवन गरेको प्रहरीले जनाएको छ । उनकी पत्नीको अवस्था गम्भीर रहेको छ ।

शौच गर्न शौचालय पसेका तिवारीले लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि उनले विष सेवन गरेको सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित