मंगलबार, १० असार २०७६
DainikNepal.com
मंगलबार, १० असार २०७६

सञ्जु एफसीले उचाल्यो सी डिभिजन एस लीग ट्रफी

दैनिक नेपाल २०७६ जेठ २८ गते २०:०९


-जगन दाहाल
गान्तोक, २८ जेठ । सिक्किम फूटबल एसोसिएसनद्वारा राजधानी गान्तोकको पाल्जोर स्टेडियममा आयोजित सी डिविजन एस लीग २०१९ को फाईनल खेल सिक्किम सरकारका वन विभागका मन्त्री कर्मा लोडे भोटियाको मुख्य आतिथ्यमा सम्पन्न भयो ।

गत १२ मईको दिनदेखि आरम्भ भएको यस प्रतियोगितामा राज्यका १२ वटा नामी फुटबल क्लबहरूले भाग लिएका थिए । आज भएको फुटबल फाइनल खेल सञ्जु एफसी सोमबारिया अनि सिक्किम बोइजको बीच भएको थियो । युद्धस्तरमा चलेको फुटबल प्रतियोगिताको फाइनल खेल ९० मिनटको समयावधिसम्म एक गोलको बराबरीमा सिमित रहेको थियो ।

जसमा सञ्जु एफसी सोमबारियाको पक्षबाट जर्सी नम्बर ७ इङ्साह सुब्बाले २ गोल गरेका थिए भने सिक्किम बोइजको पक्षबाट जर्सी नम्बर १७ किङ लेप्चाले एक गोल गरी आफ्नो टीमलाई बराबरीमा पु¥याएका थिए । यसरी नै अतिरिक्त समयमा पनि बराबरमा रहेको खेलको टाई ब्रेकरमा सञ्जु एफसीले ४ गोल गरी सी डिविजन एस लीग ट्रफी आफ्नो नाममा ग¥यो ।

यसरी नै, सिक्किमका चर्चित फुटबल खेलाडी तथा भारतका पूर्व कप्तान भाइचुङ भोटियाले नवगठित एसकेएम सरकारसित खेलकूदको क्षेत्रमा विकासको धेरै आशा साँचेको बताएका छन् । खेलाडी भोटियाले पत्रकारहरूसित विशेष कुराकानी गर्दै नयाँ सरकार भर्खेरै शुरु भएको हुनाले धेरै दवाव दिन नमिल्ने तर यो सरकारले खेलकूदको क्षेत्रमा धेरै विकास गर्छ भन्ने आशा रहेको जनाए ।

सिक्किम फुटबल एसोसिएसनको तर्फबाट सरकारले धेरै राम्रो काम गर्छ भन्ने आशा राखेको अनि सरकारलाई खेलाडीहरूको तर्फबाट तत्काल राहत दिने पहलको रूपमा केन्द्र सरकारले नै पहिलेबाट नै सुनिश्चित गरेको सबै सरकारी नोकरीहरूमा मान्यताप्राप्त खेलाडीहरूलाई पाँच प्रतिशत आरक्षण दिने प्रावधान दिने वर्तमान सरकारले लागु गरिहाल्न सक्ने सुझाव दिए ।

उनले भारत सरकारले केन्द्रीय रोजगारहरूमा यो आरक्षण लागु गरिसकेको अनि सिक्किमको पछिल्लो सरकारलाई पनि यस बारे धेरै पल्ट अवगत गराएको हुनाले नयाँ सरकारले तुरन्तै यो काम गरिदिएमा खेलाडीहरूलाई ठूलो राहत हुने उनले बताए ।

खेलाडी भोटियाले नयाँ सरकारलाई सुझाव दिँदै सिक्किममा पूर्वाधार विकास खेलकुदको क्षेत्रमा हुनुपर्ने अनि त्यसमा ठूला स्टेडियमहरू नभएर प्रशस्त मात्रामा गाउँ गाउँमा ग्राउण्ड निर्माण गरिनुपर्ने बताए । उनले पूर्वाधारको नाममा स्टेडियम निर्माण गर्ने प्रथा बन्द गर्नुपर्ने र खेलकूदको निम्ति ग्रामीण स्तरलाई उठाउन प्रत्येक गाउँमा हरेक आइतबार कुनै न कुनै खेलकूद भइरहनुपर्ने सुझाव दिए ।

उनले सिक्किममा १४ वर्षदेखि खेलकूद र फुटबलको विकासमा क्लब नै गठन गरेर वेतन भोगी खेलाडीहरूको परम्परा आफूहरूले शुरु गरिसकेको अनि अहिले आएर सिक्किम फुटबल एसोसिएसनको सदस्यसम्म रहेको काम गरिरहेको हुनाले सरकारलाई चाहिएको सुझाउ र सिक्किमको खेलकूद विकासको निमति सदैव आफ्नो योगदान रहने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित