सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

प्रितम आचार्य इटहरी उपमहानगरको सद्भावना दूत

दैनिक नेपाल २०७६ जेठ २८ गते १६:२४


इटहरी, २८ जेठ । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ । मंगगलबार कार्यवाहक नगर प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरिन् ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन् ।

उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताइन् । प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे ।

बालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सर्पोट र मायाप्रति धन्यवाद दिए । सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरे ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि शो सारेगम लिटिल च्याम्समा तेश्रो भएर सोमबार इटहरी फर्किएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित