सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

३/४ वर्षदेखि छोरी बलात्कार गर्दै आएका भौतिक मन्त्रालयका उपसचिव पक्राउ

दैनिक नेपाल २०७६ जेठ २८ गते १६:१६

काठमाडाैँ, २८ जेठ । छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव एक पक्राउ परेका छन् ।

उनले १८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए ।

किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको हो ।

महोत्तरीका स्थानीय उनी ललितपुर धोविघाट बस्दै आएका थिए । उनले छोरीलाई विगत ३/४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ।

छोरी बलात्कार गरेको आमाले थाहा पाएपनि घटना आफ्नै घरको भन्दै लुकाएको प्रहरीको दाबी छ । तर, बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो ।

प्रतिक्रिया
सम्बन्धित